इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापा आइपुगेका छन् ।
कार्यकर्तासँग अन्तरक्रियाका उनी आइपुगेको उनको सचिवालयले जनाएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका ओलीले कार्यकर्तालाई प्रशिक्षण दिन थालेका छन् ।
प्रशिक्षण कार्यक्रममा ओलीसँग प्रश्न गर्न अग्रिम नाम टिपाएको हुनुपर्ने व्यवस्था गरिएको छ । ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको उनको सचिवालयको भनाइ छ । ओली तीन दिनको भ्रमणका लागि झापा आएका हुन् ।