धरानः धरान उपमहागरपालिकाका मेयर तथा धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्क साम्पाङले बोर्डका ९ जना कर्मचारीलाई सेवाबाट हटाएका छन् ।

हटाइएका ९ जनामध्ये ६ जनाको काम सन्तोषजनक नभएको कारण देखाएर हटाइएको हो भने अन्य ३ जनालाई उमेर हदका कारणले हटाइएको हो । आर्थिक वर्ष २०७८÷७९ को लागि धरान खानेपानी व्यवस्थापन बोर्डसँग २०७९ साल असार मसान्तसम्म करार सम्झौता गरेको थियो ।

बोर्डका ९ जना कर्मचारीहरु चालु आर्थिक वर्षमा करार सम्झौता थप नगरिएपछि हटेका हुन् । सन्तोषजनक कार्य नभएकाले परमपद भट्टराई, राजीव श्रेष्ठ, बलिन्द्रबहादुर विक, अनिस कटुवाल, राम तामाङ र हेमन्त भुजेललाई हटाइएको हो । 

शारदाकुमारी राई, भुवनसिंह कार्की र टेकबहादुर तामाङ भने उमेर हदका कारण हटेका हुन् । हटाएकाहरु सहायकस्तर चौथो तहका करारका कर्मचारीहरु हुन् । हटाइएकाहरुमध्ये ६ जना निवर्तमान मेयर तिलक राईले राजनीतिक नियुक्ति दिएकाहरु हुन् । उनीहरुले राजनीतिक आवरणमा सन्तोषजनक काम नगर्ने गरेको पाइएको थियो ।

karmachari list1.