इनरुवाः इनरुवा नगरपालिका कार्यालयमा कार्यरत २८६ कर्मचारीमध्ये ७६ जना मात्रै स्थायी कर्मचारी रहेका छन् ।
नगरपालिकामा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय, कृषि मन्त्रालय, महिला बालबालिका मन्त्रालय र अर्थ मन्त्रालयबाट सरुवा भई आएका स्थायी दरबन्दीका १५ जना कर्मचारीहरु रहेको पाइएको हो । यससँगै इनरुवा नगरपालिकामा रहेका स्वास्थ्य सँस्थामा स्वास्थ्य मन्त्रालयअन्र्तगत स्वास्थ्य शाखाका स्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी ३३ जना रहेका छन् । इनरुवा नगरपालिकामा संघीयता लागु हुनुपूर्व नियुक्त भएका २६ जना कर्मचारी स्थायी दरबन्दीमा कार्यरत रहेका छन् । नगरपालिकामा शिक्षा मन्त्रालयअन्र्तगत उपसचिव रहेका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, शिक्षा शाखा अधिकृत स्वस्तिका दाहाल र शिक्षा शाखाकी नायबसुब्बा नर्वदा खतिवडा रहेका छन् ।
यससगै अर्थ मन्त्रालयबाट आएका आर्थिक प्रशासन शाखाका लेखा अधिकृत अशोक मेहता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका इन्जिनियर सौरभ निरौला, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा भई आएकी अधिकृत दीपा दाहाल र सोही मन्त्रालयकी नायबसुब्बा सरस्वती ढुड्डाना रहेका छन् । यससँगै कृषि मन्त्रालय अन्र्तगतका भेटेरिनरी सेवाका पशु प्राविधिक पवनकुमार खतिवडा हाल ५ नम्बर वडा कार्यालयको सचिव पदमा कार्यरत रहेका छन् । कृषि मन्त्रालयअन्र्तगत कृषि तालिम केन्द्र तरहराबाट सरुवा भई आएका मत्स्य विकास तर्फका कृषि प्राविधिक अभिनारायण चौधरी १० नम्बर वडा कार्यालयको सचिव पदमा कार्यरत रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासन समुहका पाँचाँै तहका कर्मचारीहरुमध्ये वड ासचिवका रुपमा गोपाल खतिवडा ७ नम्बर वडा कार्यालय, श्याम पोखरेल ३ नम्बर वडा कार्यालय र प्रदीपकुमार मण्डल ८ नम्बर वडा कार्यालयमा कार्यरत रहेका छन् । यसैगरी, सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रशासन समुहका चौथो तहका कर्मचारीहरु वडा सचिवका रुपमा केशव नेपाल १ नम्बर वडा कार्यालय, दिलिपकुमार श्रेष्ठ २ नम्बर वडा कार्यालय र रोशन यादव १० नम्बर वडा कार्यालयमा कार्यरत रहेका छन् । नगरपालिका कार्यालयअन्र्तगत स्थायी दरबन्दीमा कार्यरत २६ जना कर्मचारीहरुमा अधिकृत कपिलदेव मेहता, अधिकृत मनोज खडका, अधिकृत जीवन भट्टराई, नायबसुब्बाहरु सूर्यकुमार नेपाल, गीता सुवेदी, सव–इन्जिनियर रामु चौधरी, कम्प्युटर अपरेटर महेश खनाल, कुमारी भट्टराई, सह–लेखापाल दिगम्बर यादव र खरिदार इनोद पोखरेल रहेका छन् ।
यसैगरी, अमिन विपुलेन्द्रप्रसाद यादव, सहजकर्ता मुना बराल, इलेक्ट्रिसियन सहायक गोविन्द पोखरेल, सवारी चालक डम्बर श्रेष्ठ, जगधर मण्डल, वारुणयन्त्र असई विनोद भट्टराई, हवलदार भोजराज पोखरेल, सत्यनारायण मण्डल, धनिकलाल मेहता, मनोजकुमार चौधरी, सूर्यप्रसाद पोखरेल, नगर प्रहरी जवान सुरज पोखरेल, कार्यालय सहयोगी तोया खतिवडा, जगदीश मरिक, उर्मिला काफ्ले र मकेश्वर मेहता रहेका छन् । संघीयता स्थापना भएपछि जिल्ला विकास समितिको कार्यालयमा कार्यरत रहेका कर्मचारी समायोजन कार्यक्रमअन्र्तगत इनरुवा नगरपालिका कार्यालयमा सरुवा भएर आएका १० जनामध्ये २ जना तुलसी यादव र निर्मला नेपाल स्थायी र अर्का देवनारायण मेहता अस्थायी रहेका छन् भने अन्य ७ जना करार सेवामा रहेका छन् ।
इनरुवा नगरपालिकाले एकै पटक ५७ जना करार सेवाका कर्मचारी निष्काशन गरेपछि चर्चामा रहेको नगरपालिकामा ७६ जना कर्मचारी स्थायी दरबन्दीमा कार्यरत रहेका छन् भने १ जना अस्थायी कर्मचारी रहेका छन् । हाल निष्कासन गरिएकासहित २१० जना कर्मचारी करार सेवामा कार्यरत रहेको पाइएको छ । निष्कासन गरिएका कर्मचारीलाई करार अवधि थप नगरिएको अवस्थामा नगरपालिकामा १ सय ५३ जना कर्मचारी करार सेवामा कार्यरत रहने भएका छन् ।