धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुरुङ मार्ग बनाउन नदिने बताएका छन् ।
बुधबार उनले सर्दु जलाधार क्षेत्र मासेर सुरुङ मार्ग बनाउन नदिने बताएका हुन् । उनले आफू मेयर रहुञ्जेल सुरुङ मार्ग बन्न नदिने बताए । उनले भने, ‘सर्दु जलाधार बिगारेर सुरुङ मार्ग मेरो पालामा हुँदैन ।’
उनले तमोरको पानी पनि ल्याउने योजना भ्रम मात्र भएको बताए । उनले पकुवा खोला र निशाने खोला योजना खानेपानीको दीर्घकालीन समाधान नभई भूमिगत पानी ल्याउँदा हुने विद्युत र मर्मत खर्च बचाउने परियोजना भएको बताएका छन् ।