इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले धरानको बेस क्याम्प पेट्रोल पम्पदेखि भेडेटार सडक खण्डमा दिसापिसाब गरे १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताएका छन् ।
मेयर साम्पाङ्गले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सवारी रोकेर यात्रुलाई दिसापिसाब नगराउन यात्रुवाहक सवारीलाई आग्रह गरेका छन् ।
‘धरान बेस क्याम्प पेट्रोल पम्पदेखि भेडेटार सम्मको क्षेत्रमा गाडी रोकेर यात्रुलाई दिसापिसाब नगराउनुहोला । अन्यथा रु १ लाख सम्मको जरिवाना गराइनेछ ।’ मेयर साम्पाङ्गले फेसबुकमा भनेका छन् ।