इटहरीः किराँत राई यायोक्खाले प्रदेश १ को नाम किराँत प्रदेश राख्न माग गर्दै आज सोमबार बृहत मोटरसाइकल ¥याली गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश १ का १४ वटै जिल्लाबाट भेला भएका किराँत राई यायोक्खाका प्रतिनिधिहरुले प्रदेश नं १ को नाम “किराँत प्रदेश” राख्न माग गर्दै १ नं. प्रदेशसभा कार्यालयअगाडि घेराउसमेत गरेका छन् । १ नम्बर प्रदेशको मात्र नामकरण गर्न बाँकी रहेको भन्दै उनीहरुले समग्र प्रदेशवासीको चाहना र पहिचानको आधारमा प्रदेश १ को नाम किराँत प्रदेश हुनुपर्ने माग गर्दै आइरहेका छन् ।
प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेको बेला उनीहरुले आज मोटरसाइकल ¥याली, प्रदेशसभा घेराउ र ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका थिए । यायोक्खाले प्रदेशको नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि घेराउ गरेको हो । १४ जिल्लाबाट भेला भएका उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किराँत हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका थिए । प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नामसमेत टुङ्ग्याउन सकेको छैन ।