इटहरी: सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले करार सेवामा कार्यरत सबै कर्मचारीको म्याद भोलि साउन १ गतेबाट नवीकरण नगर्ने भएको छ । 

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा रहेका ५७ जना  कर्मचारीलाई आफूसँग जिम्मामा रहेका सम्पूर्ण नगदी तथा जिन्सी सामग्रीहरु तीन दिनभित्र कार्यलयमा बरबुझारथ गर्न जानकारी गराएको छ । 

inaruwa karar suchana.

नगरपालिकाले कार्यसम्पादन स्तर मूल्याङ्कन तथा नयाँ अवधिको करार सम्झौतासम्बन्धी मापदण्ड २०७८ समेतको आधारमा नगरपालिकाको नवौ नगरसभाको निर्णयअनुसार भोलि साउन १ गतेबाट लागु हुनेगरी ५७ जना करार सेवाका कर्मचारीको म्याद समाप्त हुने र त्यसपछि नथप्ने जानकारी गराएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाद्वारा जारी सूचनाअनुसार करार अवधि समाप्त भई सेवाबाट बाहिरिनेहरुमा नगर प्रहरीका असईसहित ११ जना, कम्प्युटर अपरेटर, सबइन्जिनियर, अनमी, अहेव, अमिन, इलेक्टिसियन, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, कुचिकार, बारुणयन्त्र चालक र अन्य सवारी चालकसमेत छन् ।