धरानः धरानमा सार्वजनिक विदामा सरकारी गाडीमा भ्रमणमा निस्कने मन्त्रीदेखि पालिका प्रमुखसम्मका गाडी नियन्त्रणमा लिइएको छ ।
धरानमा सञ्चालन भइरहेको जनप्रतिनिधि र सबै भिआइपीहरूको सेवासुविधा हटाउ, देश र जनता बचाउ’ अभियानको चौथो दिनमा नेपाल बसोबास बस्ती संरक्षण समाजले धरामा शनिबार दर्जन बढी गाडी नियन्त्रणमा लिएको हो ।
मुलुकमा विदेशी मुद्राको संञ्चितिमा तिब्र रुपमा गिरावट आइ मुलुक आर्थिक सङ्कटतर्फ गइरहेका बेला जनप्रतिनिधि र कर्मचारी सार्वजनिक विदाको दिन सरकारी गाडीमा पारिवारिक भ्रमणमा निस्किएकाले नियन्त्रण लिएको अभियानकर्ताहरुले बताएका छन् ।
बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंका उन्मुख भइरको अवस्थमा जनताको राजस्व दुरुपयोग गर्ने मन्त्रीदेखि पालिका प्रमुख÷अध्यक्ष र कर्मचारीको दर्जन गाडी नियन्त्रणमा दिएको बताए ।
उनका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको गाडी पनि नियन्त्रणमा लिइएको हो । उनलाई १० मिनेटमा सोधपुछ गरी पहिलो पटक भएकाले आगामी दिनमा सार्वजनिक विदाको दिन सरकारी गाडीको दुरुपोग नगर्न सचेत गराएर छोडेको बताए ।
अभियानकर्मीका अनुसार बर्जु गाउँपालिका अध्यक्ष परिवारसहित भ्रमणमा गएर फर्किएको गाडी नियन्त्रणमा लिइएका छन् । उनले भने, ‘बर्जु गाउँपालिकाका अध्यक्ष पारिवारिक भ्रमणमा गएकाले ५ बजेसम्मलाई प्रहरीको जिम्मा लगाएका छौँ ।’ त्यस्तै बिर्तामोड नगरपालिका प्रमुखको गाडी पनि नियन्त्रण लिएको अध्यक्ष कार्कीले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, कृषिलगायतका दर्जन बढी यसवारी सधन नियन्त्रणमा लिएका थिए । उनले ५ गतेसम्म सरकारलाई सरकारी सेवा सुविधा दुरुपयोग नगर्न सरकारलाई आग्रह गर्ने बताए । उनले भने, ‘५ गतेसम्म नियन्त्रण नगरे राष्ट्रव्यपाी रुपमा गर्छौ । हामी प्रतिकार गदछौ ।’
सरकारी कर्मचारीदेखि मन्त्रि सांसद सार्वजनिक गाडी चढेर हिड्न र जनताको राजस्व दुरुपयोग नगर्न उनिहरुले आग्रह गरेका छन् । पेट्रोल प्रतिलिटर १ सय, डिजेल ७०, ग्यास १ हजार बनाउन माग गर्नुभन्दा अभियानकमीहरुले भिआइपीहरुको सेवा सुविधा खारेज गरे पुग्ने बताएका छन् ।