इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी भेलाका लागि धरान आएका अध्यक्ष रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई भेटेका छन् ।
आज (श्ुाक्रबार) धरानको बसुन्धरा स्मृति सदनमा हुन लागेको भेलामा आएका लामिछानेले बिहान उपमहानगर प्रमुखको कार्यालयमा मेयर साम्पाङ्गलाई भेटेका हुन् । भेटमा लामिछानेले साम्पाङलाई आफूलाई पनि श्रमदानमा सहभागी हुन मन लागेको बताएका थिए ।
नयाँ पार्टीका रुपमा स्वतन्त्र पार्टी दर्ता भएपछि चितवन, झापा लगायतका जिल्लामा अभियानका लागि भेला गराउँदै हिँडेका लामिछानेले साम्पाङलाई भेटेरै बधाइ दिएका थिए ।
‘तपाईँलाई भेटेरै शुभकामना दिन आएको । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो,’ लामिछानेले साम्पाङलाई भने, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’ लमिछानेले बिहीबार आफ्नो सामाजिक सञ्जालमा हर्क साम्पाङ्गलाई भेट्ने आफ्नो योजना रहेको सुनाएका थिए ।