इटहरीः करारमा रहेका कर्मचारीको म्याद साउन महिनाबाट नथप्ने निर्णय गरेको मोरङको सुन्दरहरैँचा नगरपालिकाको नगरसभाबाट भएको निर्णय कार्यान्वयन नगराउन वडाध्यक्षहरुले नै दबाब दिएका छन् ।
प्रक्रिया नपुर्याई राखिएका करारका कर्मचारी हटाउने विषयमा नेपाली कांग्रेस र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षहरुले नगरप्रमुुखलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रक्रिया नपु¥याई भर्ना गरिएका करारका कर्मचारीको म्याद साउनबाट नथप्ने गरी नगरपालिकाको १० औँ नगरसभाले गरेको निर्णय कार्यपालिकामा छलफलबिना आएको भन्दै वडाध्यक्षहरुले त्यसको कार्यान्वयन नगर्न नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन् । नगरपालिकाले नियोजित रुपमा केही कर्मचारीलाई निकाल्न खोजेको भन्दै कर्मचारीलाई रोजगारीबाट निकाल्ने निर्णय खारेज गर्नुपर्ने माग वडाध्यक्षहरुले राखेका छन् ।
नगरप्रमुखलाई ध्यानाकर्षण गराउँदै वडाध्यक्षहरुले सो निर्णय कार्यान्वयन भए सङ्घर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । यता, नगरप्रमुख केदारप्रसाद गुरागाईँले यसअघि हँुदै आएका अनियमितता र गलत कामको समर्थन गरेर जान नसकिने बताउँदै नगरसभाले गरेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
प्रक्रिया पूरा नगरी राखिएका कर्मचारीलाई हटाइने नगरप्रमुख गुरागाईँको भनाइ छ ।
ध्यानाकर्षणपत्रमा वडा नम्बर १ का वडाध्यक्ष रामविश्वास खवास, २ का विवश प्रधान, ४ का कैलाश बस्नेत, ६ का सन्तोष लिङ्देन, वडा नम्बर ७ का भुवनसिंह मगर र वडा नम्बर ९ का प्रकाश श्रेष्ठले हस्ताक्षर गरी नगरप्रमुख गुरागाईँ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईलाई बुझाएका छन् ।