विराटचोक: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को मोरङ जिल्ला अध्यक्षमा अर्जुन बस्नेत विजयी भएका छन् ।

सिद्धार्थ आवसीय मावि सुन्दरहरैंचाका प्रिन्सिपल बस्नेतको प्यानलले नेतृत्व सम्हाल्ने मौका पाएको हो । यसअघि बस्नेत २ कार्यकाल प्याब्सनको मोरङ उपाध्यक्ष भएका थिए ।

प्याब्सनको नयाँ कार्यसमितिको उपाध्यक्षमा शीतला सुब्बा, भक्तराज सुब्बा, सुवास राई र रीता थापा निर्वाचित भएका छन् । सचिवमा प्रेमलाल सिंह सुवाल, सह सचिवमा विष्णु डङ्गोल र सिएम रिजाल तथा कोषाध्यक्षमा जगतबहादुर बस्नेत र सह कोषाध्यक्षमा देवी सिटौला निर्वाचित भएका छन् ।