विराटनगरः नोबेल शिक्षण अस्पतालमा न्युरो सर्जनको २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

नोबेल मेडिकल कलेज र एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाइटी फर न्यरो सर्जरीको संयुक्त आयोजनामा सम्मेलन भएको नोबेल अस्पतालले जनाएको छ ।

सो सम्मेलनमा नेपाल, ब्राजिल, इङ्ल्याण्ड, जापान, चीन, भारत, पाकिस्तान, अफ्रिका र क्यानडा ३० जना वरिष्ठ न्युरो सर्जन सहभागी थिए । उनीहरूले कार्यक्रममा सहभागी न्युरो सर्जरी अध्ययनरत विद्यार्थी र आवासीय चिकित्सकको क्षमता अभिवृद्धिका लागि न्युरो सर्जरीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएको बताइएको छ ।

नेपाल, भारत, पाकिस्तान लगायतका देशबाट प्रशिक्षार्थीको रूपमा आएका १ सय ५० जनालाई प्रशिक्षकले आफ्नो कार्य अनुभव, अवसर र चुनौतीका विषयमा पनि जानकारी गराएका थिए ।

सो कार्यक्रममा न्युरोसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिएको आयोजकले जनाएको छ । नोबेलका वरिष्ठ न्युरो सर्जन डा. आईप चेरियन, डा. प्रकाश काफ्ले, डा.प्रमोद चौधरी, डा. भिग्नेस, डा. दीपक पौडेल, डा. सरन्या लगायतले न्युरो सर्जरीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नोबेलमा हरेक वर्ष यस्तो सम्मेलन हुने गरेको अस्पतालले जनाएको छ ।

Nobel-Program-Photo-4 Nobel Program Photo 2