विराटनगरः आगामी २ साताभित्रै मोरङलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ । मोरङका सबै स्थानीय तहलाई पुस ५ गतेभित्र खुला दिसामुक्त घोषणा गरिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ ।

समन्वय समितिका सदस्य सचिव इञ्जिनियर सयनकुमार श्रेष्ठका अनुसार तोकिएको समयमा नै खुला दिसामुक्त घोषणा गर्न सबै रणनीति अपनाइने भएको छ । प्रदेश राजधानी रहेको जिल्ला खुला दिसामुक्त घोषणा हुनु प्रतिष्ठाको विषय भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल बताउँछन् । यसअघि मंसिर २० गतेभित्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय भएको थियो ।