भोजपुरः भोजपुर क्षेत्र नं १ का प्रदेश सांसद राजेन्द्रकुमार राईले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । षडानन्द नगरपालिका–९ किमालुङको चन्द्रसूर्य माध्यमिक विद्यालयलाई आफ्ना स्वर्गीय आमाबाबुको स्मृतिमा उनले १ लाख रुपैयाँकोे अक्षय कोष स्थापना गरेका हुन् ।

सांसद राईले आफूले बाल्यकालदेखि किमालुङमा नै खेलेको र अध्ययन गरेको हुनाले सो विद्यालयलाई आफ्ना स्वर्गीय पिता बखतबहादुर राई र माता धनरुपी राईको स्मृतिमा ‘बखतबहादुरधनरुपी अक्षयकोष’ स्थापना गरेको बताए । उक्त अक्षयकोषको ब्याजले हरेक वर्ष विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक जना छात्र र एक जना छात्रालाई पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिलिपकुमार तामाङले बताए ।