बेलबारीः धेरै युवा नेपलमा बसेर कमाइ नहुने भन्दै विदेशतिर पलायन भइरहेका छन् । तर नेपालमै बसेर कुखरा पालन गरी केही युवाले भने राम्रो आम्दानी गरिरहेका छन् ।
सुन्दरहरैंचा– ७ मोरङका अमित खड्का कुखुरा पालन गरी आफ्नो भविष्य खोजिरहेका छन् । बाटै आफनो भविष्य खोजि रहेका छन । लेयर्स जातको कुखुरा पालेका अमितले भने, ‘कुखुरी काँ गरेसँगै अफ्नो पैसा फल्छ ।’
आफ्नो फार्मबाट दैनिक ७ हजार भन्दा बढी अण्डा उत्पादन हुने उनले बताए । सबै खर्च कटाएर मासिक २ लाख भन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । १ बिघा जग्गामा ४ वटा टहरा बनाएर उनले लेयर्स पालेका छन् । उत्पादन भएको अण्डा धरान, इटहरी, इनरुवा, विराटनगर लगायतका बजारमा उनले निर्यात गर्ने गरेका छन् । उनले एक जना कामदार राखेका छन् भने आफू पनि काममा खटिन्छन् ।
मिहिनेतअनुसारको कमाइ नेपालमै राम्रो हुने गरेको उनी बताउँछन् । ‘म विदेश गएको भए मासिक १ लाख रुपैयाँ त कमाउँथे होला । तर नेपालमै बसेर त्योभन्दा बढी कमाइ गरेको छु,’ उनले थपे, ‘घर परिवारको माया र साथ सहयोग पनि पाइरहेको छु । नेपालमै सुन फल्छ भनेको सुनेको थिएँ । साँच्चै मेरा कुखराले अहिले मलाई सुन दिइरहेका छन् ।
कुखुरा कराउँदा पनि अहिले आफ्नो पैसा फलिरहेको जस्तो लाग्न थालेको उनले सुनाए । काममा आफैँ खट्ने हो भने जुनसुकै व्यवसाय पनि फस्टाउने तर कामदारको भरमा मात्र छाड्दा भने घाटा पनि हुने उनले बताए ।
उनका अनुसार उनलाई अहिले अमेरिका र अष्ट्रेलिया उनको कुखुराफार्म नै लाग्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा ऋण लगानी गरे हुन्थ्यो भन्ने आफ्नो अपेक्षा रहेको उनले बताए । डिग्री सकेको मानिसले कुखुरा पाल्दा कसैले केही भन्छ कि भनी पहिलेपहिले सङ्कोच लाग्ने गरेको भए पनि अहिले पैसा समाउँदा आनन्द लाग्ने गरेको उनको भनाइ थियो ।
भारतीय अण्डाका कारण कहिलेकाहीँ अण्डाको भाउमा गिरावट आउने गरे पनि घाटा भने नहुने उनले बताए । ‘अहिले अण्डा बेच्छु अण्डा पार्न छाडेपछि यिनै कुखुरा बेच्छु’, हाँस्दै उनले भने, ‘गर्न सक्दा जहाँ पनि पैसा छ ।’