विराटनगरः तेजस्वी बचत तथा ऋण सहकारी संस्था विराटनगरको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको सेयर पूँजी ६४ लाख १७ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ । गत आर्थिक वर्षमा ऋण लगानी १ करोड ९८ लाख ५१ हजार रुपैयाँ रहेको र निक्षेप सङ्कलन १ करोड ७२ लाख ७१ हजार २ सय १३ रुपैयाँ रहेको बताइएको छ ।

संस्थाका सल्लाहकार महान्यायाधिवक्ता चुडामणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सहकारीको मूल्यमान्यताअनुसार संस्थालाई अघि बढाउने संस्थाका अध्यक्ष रमेश अर्यालले बताए ।

कार्यक्रममा अध्यक्ष अर्यालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको लागि सहकारीको २३ बँुदे कार्यक्रममाथि पनि छलफल भई साधारण सभाबाट पारित भएको थियो । गत आर्थिक वर्षमा संस्थाले १५ वटा कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।