बेलबारीः तराईका जिल्लामा बिहान बेलुका जाडो बढ्दै जान थालेपछि मोरङको बेलबारीको एक सामाजिक संस्थाले गरिब तथा असहायहरूका लागि कपडा सङ्कलन गर्न थालेको छ ।
श्रमिक महिला समूह नामक सामाजिक संस्थाले आइतबारदेखि कपडा सङ्कलन गर्ने अभियान थालेको छ । चिसोमा कठ्याङ्ग्रिएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ न्यानो कपडा सङ्कलन गर्न थालेको समूहकी अध्यक्ष नितु थापाले बताइन् । कपडा सङ्कलन अभियानका रूपमा चलाइने अध्यक्ष थापाको भनाइ छ ।
‘शुरुमा हामीले बेलबारी बजारमा उठाएका छौँ । अब अन्य क्षेत्रमा उठाउँछौँ । हामीले सङ्कलन गरेका कपडाहरू पुराना समेत छन्’, थापाले भनिन्, ‘धोएर सफा गरेर मात्रै दिन्छौँ ।’ केही बालबालिकाहरूलाई समूहको कोषमा रहेको रकमबाट स्वीटर वितरण गर्ने जनाइएको छ । पुराना कपडाहरूबाट सिरक, डसना, सिरानी बनाएर समेत वितरण गर्ने जनाइएको छ ।
गर्मी मौसममा भने पङ्खा वितरण गर्ने कार्यक्रम तय गरिएको सो समूहले जनाएको छ । ‘पुजेर होइन, बुझेर धर्म गराँै । सेवा नै धर्म हो’ भन्ने नाराका साथ कपडा सङ्कलन गर्न थालेको बताइएको छ ।