इटहरीः कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रले सुनसरीमा कृषि उपज बजारको निर्माण तथा सुधार कार्यको लागि १ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।
कृषि बजार निर्माण तथा सुधारको लागि इटहरी–९ मा ४० लाख, रामधुनी–१ झुम्कामा ४० लाख, देवानगञ्ज–३ मा ३० लाख र धरान–१३ मा २० लाख रकम विनियोजन गरेको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्रीका स्वकीय सचिव शैलेन्द्र राजधामीले बताए ।
स्थानीय तहको सहभागितामा यो बजार निर्माण हुने उनले बताए । यसअघि नै राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीलाई कृषि क्षेत्रको नमुना बनाउने बताएकी थिइन् ।