इटहरीः मानिसको जीवनको सफलता र आनन्दका लागि जीवन विज्ञान केन्द्र इटहरीले शनिबार कार्यक्रम सम्पन्न गरेको छ ।
जीवन विज्ञानका अभियन्ता एलपी भानु शर्माले मानिसको सफलता र आनन्दका लागि कार्यशाला गरिएको बताए । कार्यक्रममा मानिसभित्र लुकेर रहेका सम्भावनालाई चिन्ने र त्यसलाई विकसित बनाउनका लागि विभिन्न तरिकाहरु बताइएको थियो ।
जीवनमा स्वस्थ रहन र समृद्ध बन्नका लागि मानिस आफँैले आफैँलाई चिनेर आफ्ना सम्भावनामा काम गर्नुपर्ने महसुस भएको सहभागीहरूले बताए । कार्यक्रममा योग र ध्यान साधनाको पनि अभ्यास गराइएको थियो । कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी र अभियन्ता एलपी भानु शर्माले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा जीवन विज्ञान इटहरी केन्द्रको निर्माणाधीन योग भवनका लागि सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।