बेलबारीः बेलबारी नगरपालिकाको वडा नम्बर २ ले सिंहदेवी आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।

सो विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा दलित विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । पोशाक अभावमा कुनै पनि विद्यार्थी विद्यालय जानबाट वञ्चित नहोऊन् भनेर पोशाक वितरण गरिएको वडा सदस्य खिना थापा बस्नेतले बताइन् ।

वडा कार्यालयले विद्यार्थीलाई झोला, स्टेशनरी सामान तथा जुत्ता वितरण गरेको थियो । विभिन्न समस्याका कारण विद्यालय नआएका बालबालिकाका लागि वडा कार्यालयले गरेको अभियानले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक हरि कार्कीले बताए ।