इटहरीः महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीले क्यान्सरपीडित विद्यार्थी युवराज राईको उपचारको लागि सहयोग रकम सङ्कलन गरेका छन् ।
क्याम्पसका विद्यार्थी र प्राध्यापकहरूले ७ हजार ८ सय ४० रुपैयाँ सङ्कलन गरेर बिरामीको परिवारलाई बुझाएका छन् । महेन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सचिव दोर्ची शेर्पाले विपन्न राई परिवारलाई आफूहरूले सकेको सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
राईको सहयोग सङ्कलनमा जुटेकी महेन्द्र क्याम्पसकी विद्यार्थी दीपा अधिकारीले पनि क्यान्सरपीडित राईको उपचारमा विद्यार्थी र प्राध्यापकबाट जस्तै राज्यबाट सहयोग हुनुपर्ने बताइन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्रदेश नम्बर १ को एक्लो पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत ती वद्यार्थीको उपचारको लागि परिवारले सहयोग मागेको छ । सङ्खुवासभा जिल्लाको सिलिचोङ–२ का शुक्रबहादुर राईका २५ वर्षीय छोरा युवराज रक्तक्यान्सरबाट पीडित छन् । उ