विराटनगरः विराटनगरको नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । सुन्दरहरैंचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा शिविर आयोजना भएको थियो ।

सो शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना बिरामीको ल्याब टेष्ट गरिएको अस्पतालले जनाएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका बिरामी बढी मात्रामा शिविरमा आएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । शिविरमा उपचार सम्भव नभएका गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको दाहालले बताए ।

रेफर गरिएका बिरामीलाई अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः पुर्याउने व्यवस्था मिलाइने अस्पताल सञ्चालक डा. सुनिल शर्मा बताउँछन् ।

Swastha-Sibir-Photo-1 Swastha-Sibir-Photo-4