इटहरीः गरिमा विकास बैंक लिमिटेड शुक्रबार देखि १२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो बाह्रौ वार्षिक उत्सवको अवसर पारी शुक्रबार इटहरी र विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत’ इटहरी र विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ । दुवै ठाउँमा गरी १ सय १० पिन्ट रगत सङ्कलन भएको छ । सङ्कलित रगत रक्त सञ्चार केन्द्र विराटनगरलाई हस्तान्तरण गरिएको छ ।

नेपालका विभिन्न सहरमा दैनिक रगतको आवश्यकता पर्ने भन्दै बैंकले आवश्यक रगतको आपूर्तिमा केही राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका क्षेत्रीय प्रबन्धक मीनप्रसाद सुवेदीले बताए ।

raktadann (11)

raktadann (1) raktadann (6) raktadann (2) raktadann (5) raktadann (7) raktadann (9) raktadann (10)