विराटनगरः आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीलाई नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नेबेलमा लगेर उपचारको व्यवस्था गर्न थालेका छन् ।
शर्माले बेलबारी–४ की बिरामीलाई घरैमा एम्बुलेन्स पठाएर नोबेल अस्पताल लगी निःशुल्क उपचार गरेका थिए । बेलबारी–४ हिमाली चौककी ७२ वर्षीया सम्झना लिम्बूको उनले उपचारको व्यवस्था गरेका थिए ।
उपचार गर्न नसक्दा पेट पनि सुन्निएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतीलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको भन्दै उनका श्रीमान् दिलप्रसाद चेम्जोङले खुशी व्यक्त गरे ।
नेपाली काङ्ग्रेस बेलबारीको सक्रियतामा उनलाई उद्धार गरिएको बताइएको छ । यस अघि शर्माले अन्य २ जना बिरामीलाई पनि नोबेलमा लगेर उपचार गरेको अस्पतालले जनाएको छ ।