इटहरीः सुगम बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी प्रशिक्षालय सुनसरीका निमित्त प्राचार्य योगराज धमलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा बोल्दै धमलाले सरकारले अब सहकारीको क्षेत्रमा सुधार गर्ने बताएका छन् । सहकारी संस्थाको नियमनको लागि नयाँ ऐन बनेको र नियमावली बन्ने क्रममा रहेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीकी उपाध्यक्ष योगमाया सुवेदीले छोटो समयमै सुगम साकोसले राम्रो प्रगति गरेको बताइन् । नेपाल अडिटर एसोसिएसन (अडान) सुनसरीका अध्यक्ष शान्तिराम खनालले लेखाका सिद्धान्तअनुसार सहकारी संस्थाले हिसाबकिताब राख्न नसक्दा समस्या हुने गरेको बताए । कार्यक्रममा सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जंगबहादुर खड्काले पनि आफ्ना भनाइ राखेका थिए ।
गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सेयर सदस्य थप गरेको संस्थाले जनाएको छ । संस्थाको नवौं वार्षिक साधारण सभाको अवसरमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष डिल्लीराम चौलागाईंले सो जानकारी दिएका हुन् । गत आर्थिक वर्षमा ४ सय ५० जना सेयर पु¥याउने लक्ष्य राखेकोमा ४ सय ७० जना सेयर सदस्य पुगेको जनाइएको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारी १÷१ जनालाई सम्मान गरिएको थियो ।