इटहरीः कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको घुँडाको सफल शल्यक्रिया वीर अस्पतालको ट्रमा सेन्टरमा भएको छ ।

हिँड्ने क्रममा घुँडा लक हुने समस्याले ग्रसित मन्त्री चौधरीले डाक्टरहरूको सल्लाहमा शल्यक्रिया गराएकी हुन् । ट्रमा सेन्टरका वरिष्ठ डा. विनोद शेरचनको टिमले सफल शल्यक्रिया गरेको राज्यमन्त्री चौधरीका स्वकीय सचिव ङामुङहाङ मेन्याङ्बोले जानकारी गराएका हुन् ।

स्वकीय सचिव मेन्याङ्बोका अनुसार घुँडा ठोक्किएर घुँडाको लिगामेन्ट भित्रको कुरकुरे हाड च्यातिएकाले घुँडा लक हुने गरेको उपचारमा संलग्न डा. विनोद शेरचनले जनाएका हुन् । बिरामीको अवस्था सामान्य रहेको र २–३ दिनपछि चौधरीको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज दिने डा शेरचनले बताएका छन् ।