इटहरी: बनारसको चर्चित सम्पूर्णानन्द विश्वविद्यालयमा सबैभन्दा धेरै अङ्क ल्याएर ७ स्वर्ण र १ रजत पदक विजेता सुनसरीका लेखनाथ पौडेललार्इ वराहक्षेत्रस्थित चतरामा सम्मान गरिएको छ । वराहक्षेत्र– १० प्रकाशपुर निवासी पौडेलले आचार्य तहको परीक्षामा विश्वविद्यालयकै सर्वाेच्च अङ्क ल्याएकोमा जगतगुरु बालसन्तले सम्मन गरेका हुन् ।
२०५० सालमा प्रकाशपुरको भुटाहाखालमा जन्मिएका पौडेलले चतरास्थित राधाकृष्ण संस्कृत वेद विद्याश्रममा निमाविसम्मको अध्ययन गरी बनारस पुगेर उत्कृष्ट उपाधि हासिल गरेका हुन् । दर्शनशास्त्र विषयमा आचार्यको परीक्षामा उत्कृष्ट भएका उनलाई डा. गंगानाथ झा, रिपन, चन्द्रशेखर शास्त्री बैकुण्ठ , विमलकुमार पोद्दार लगायतका ७ स्वर्ण पदकले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे, वराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल लगायतको उपस्थिति रहेको थियो ।