इटहरीः देशकै उत्कृष्ट करदातामध्ये स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थातर्फ विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल सम्मानित भएको छ ।
गत आर्थिक वर्षमा स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थातर्फ विराटनगरले सबैभन्दा बढी आयकर तिरेको हो । सातौं कर दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो । उत्कृष्ट करदाताको रूपमा सम्मानित भएपछि प्रतिक्रिया दिँदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्व लागेको बताए । २०६१ सालमा विराटनगरको कञ्चनबारीमा नोबेल मेडिकल कलेज स्थापना भएको हो ।