दुहबीः मुक्तिनाथ कृषि सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकुमार क्षेत्रीले गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा २ करोडभन्दा बढीको कारोबार गरेको उनले बताए । उनका अनुसार सहकारीमा १ करोड ७६ लाख ४६ हजार निक्षेप र २ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

वार्षिक प्रतिवेदनमा जनाइएअनुसार संस्थाले ४ लाख ९६ हजार ३ सय १४ रुपैयाँ नाफा कमाएको छ । ६ सय ७९ जना सेयर सदस्य संस्थामा रहेको अध्यक्ष क्षेत्रीले बताए ।