दुहबीः सुनसरीको दुहबी– ३ मा रहेको व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कुशलचन्द विश्वासले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण पेश गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक दुहबी– ७ की कलावती देवी थारुलाई सम्मान गरिएको थियो ।