इटहरीः कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले पशुपंक्षी क्षेत्रमा विकासको कार्ययोजना तयार भएको र कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढाइरहेको जनाएको छ ।

लाइभस्टोक इनोभेसन परियोजनामार्फत् पशुपंक्षी पालनामा गुणात्मक वृद्धि गर्न किसानहरूलाई अनुदान दिने, बजार निर्माण गर्ने, मासु उद्योगहरूको स्थापना गर्ने र दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना रहेको बताइन् । नेपाल एनिमल साइन्स एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले सो कुरा बताएकी हुन् ।

देशभरका पशुपंक्षी तथा मत्स्य विकासमा कार्यरत विज्ञ, अनुसन्धानमा संलग्न वैज्ञानिक र प्राध्यापकहरू कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबैलाई पशुजन्य उत्पादन वृद्धि गर्न र यसको औद्योगीकरणको लागि सहयोग गर्न उनले आग्रह गरिन् ।

‘सामाजिक, आर्थिक तथा वातावरणीय दिगोपनाको लागि पशुपंक्षी एवम् मत्स्य विकास’ भन्ने मूल नाराका साथ महाधिवेशन भइरहेको आयोजक समितिका अध्यक्ष देवेन्द्रप्रसाद यादवले जानकारी दिए । कार्यक्रममा विज्ञहरूले कार्यपत्रसमेत पेश गरेका थिए । कार्यक्रमममा मन्त्रालयका सचिवद्वय युवकध्वज जिसी र प्रकाश माथेमाको पनि उपस्थिति थियो ।

RAMKUMARI (2) RAMKUMARI (3)

RAMKUMARI (4)