दुहबीः समाजसेवी, महिला अधिकारवादी नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ मा रहेको दुहबीको निःसहाय बालबालिका सेवा केन्द्रका बालबालिकालाई स्कुल ब्याग र खाजा वितरण गरेकी छिन् ।

पूर्व राज्यमन्त्री चौधरीले त्यहाँ आश्रित १५ जना बालबालिकालाई स्कुल ब्याग, खाजा चिउरा भुजिया वितरण गरेकी हुुन् । उक्त अवसरमा बोल्दै नेकपाकी केन्द्रीय सदस्य चौधरीले सामाजिक, आर्थिक क्षेत्रमा लागि परेका व्यक्तिले विभिन्न कारणले असहाय भएका बालबालिकालाई सहयोग गरे उनीहरुको भविश्य उज्ववल हुने बताइन् ।

समाजमा आर्थिक रुपमा सक्षम भएकाले अनाथ असहाय बालबालिकालाई सहयोग गर्नुपर्ने र राज्यले पनि यस्ता बालबालिकाको संरक्षण, शिक्षादीक्षामा विशेष ध्यान दिनुपर्ने बताइन् ।

bhagawati sahayog  (2)