विराटनगरः शनिबार राति तास खेल्दै गरेको अवस्थामा १ लाख ९० हजार १ सय ४० रुपैयाँसहित ५ जना उद्योगी पक्राउ परेका छन् ।
मोरङको विराटनगर –१ स्थित गंगा चोकबाट विशेष सुराकीको आधारमा रातको २ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो कार्यालयबाट खटिएको प्रहरी टोलीले विराटनगर–२ का चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठीसहित ५ जनालाई पक्राउ गरेको हो ।
राठीसहित विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ का मुकेशकुमार अग्रवाल, विराटनगर–७ का विमल अग्रवाल र हंशराज जैनलाई नगद र १७ बुक ताससहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।