फिदिमः प्रदेश नं १ सरकार मातहतका ८ वटा कार्यालय पाँचथरमा स्थापना गरिएका छन् ।
पाँचथरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, नयाँ शहर आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला अस्पताल स्थापना भएका हुन् ।
सबै कार्यालयको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले उद्घाटन गरेका थिए । पाँचथरमा स्वास्थ्य समन्वय कार्यालय यसअघि नै स्थापना भइसकेको छ ।
स्थापना भएका ती कार्यालयले पाँचथरसहित इलाम र ताप्लेजुङका स्थानीय तहका विषयगत शाखा तथा प्रदेश सरकारबीच समन्वयको काम गर्ने बताइएको छ ।