मोरङः प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बू) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा ९१० बमोजिम लिम्बूलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार प्रदेश प्रमुख अधिकारीले शपथ ग्रहण गराएका हुन् । नेकपा माओवादीका तर्फबाट प्रदेशसभा सदस्य लिम्बूले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट खारेज गरेको पत्र यही चैत २६ गते सभामुखले सदनमा पढेर सुनाएपछि सो पद रिक्त हुन गएको हो । मन्त्री लिम्बूलाई यसअघि गएको चैत १३ गते सोही पदमा शपथ ग्रहण गराइएको थियो । -रासस