इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित विराटचौकमा भेगी नेपाल बेकरी उद्योग सञ्चालनमा आउने भएको छ ।
भेषराज नेपाल र गीता नेपालद्वारा सञ्चालित सो उद्योगले ब्रेड, पेस्ट्रि, केक, डोनट, बर्नजस्ता विविध बेकरी आइटमको उत्पादन तथा बिक्री वितरण गर्नेछ । ५० लाख रुपैयाँभन्दा बढीको लागतमा स्थापित सो उद्योगले आठ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको सञ्चालक भेषराज नेपाल बताउँछन् । उनका अनुसार उद्योगले १५ जनाभन्दा बढीलाई अप्रत्यक्ष रोजगारीको अवसर दिनेछ । आफ्ना उत्पादनहरु प्रारम्भिक चरणमा पूर्वका मुख्य तीन जिल्लाहरु झापा, मोरङ र सुनसरीका विभिन्न शहरहरुमा बिक्रीवितरण गर्ने योजना रहेको सञ्चालक नेपालको भनाइ छ ।
उद्योगमा उत्पादित खाद्य सामग्री प्रदर्शनका लागि आफ्नै घरमा रहेको सो रुममा राखिने सञ्चालक नेपालले जानकारी दिए । काठमाडौँका विभिन्न बेकरीमा काम गरी अनुभवप्राप्त दक्ष सेफ तथा स्थानीय कालिगढहरुको मद्दतले उद्योगको उत्पादनलाई गुणस्तरीय तथा स्वादिष्ट बनाउनेछ । स्थानीय स्तरमा गुणस्तरीय खाद्य सामग्री उत्पादन गरी उपभोक्तालाई सुलभ मूल्यमा उपलब्ध गराउनु नै आफूहरुको उद्देश्य रहेको उद्योग व्यवस्थापन पक्षले जनाएको छ । खाद्यान्न उत्पादन तथा बिक्री वितरणका साथै स्तरीय क्याफेसमेत सञ्चालन गरिने उपभोक्ताले हुँदा चिया, कफीको चुस्कीसँगै साथीसँग रमाइलो भेटघाटका लागि राम्रो जक्सन पनि पाउनेछन् । आगामी वैशाख ११ गते औपचारिक कार्यक्रम आयोजना गरी सेवा सुभारम्भ गरिने सञ्चालक नेपालले बताए ।