इटहरीः नेपाल पत्रकार महासंघको भोलि हुन लागेको निर्वाचनका लागि सुनसरीमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपालको साझा गठबन्धनमार्फत् प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको सूचि सार्वजनिक गरिएको छ ।

गठबन्धनमा आबद्ध तीनैवटा संगठनका जिल्ला सभापति तथा संयोजकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुका तर्फबाट सर्वसम्मत र आधिकारिक निर्णयबाट उम्मेदवार तय गरी सार्वजनिक गरिएको बताएका छन् । जस अनुसार महासंघको सुनसरी जिल्ला अध्यक्षमा संयुक्त गठबन्धनका तर्फबाट जनकऋषि राई उम्मेदवार बनेका छन् । यसैगरी, उपाध्यक्ष पदका लागि संयुक्त प्यानलका तर्फबाट गणेश निरौला प्रतिस्पर्धामा छन् । यसैगरी, महिला उपाध्यक्षमा उषाकिरण भट्टराईलाई अगाडि सारेको संयुक्त गठबन्धनले सचिवमा ध्रुव ढकाललाई मैदानमा उतारेको छ । यसैगरी, संयुक्त गठबन्धनका तर्फबाट खुला सहसचिवमा तिर्थबहादुर कार्की र समावेसी सहसचिवमा भोला श्रेष्ठ, कोषाध्यक्षमा अजितकुमार झा, महिला सदस्यमा देविका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, मधेसी सदस्यमा वीरेन्द्रकुमार साह, जनजाति सदस्यमा पारस राई र अल्पसंख्यक सदस्यमा मोहम्मद मिकाइलको उम्मेदवारी आधिकारिक रहेको बताइएको छ । यसैगरी, खुला सदस्यतर्फ संयुक्त गठबन्धनका उम्मेदवारहरुमा दीपेन्द्रकुमार यादव, निश्चल शर्मा, विवेक रेग्मी, रामबहादुर कट्वाल, शान्ता निरौला, संगम बिष्ट, शुक्रान्त राई र सुस्मिता राई गरी आठ जना रहेका छन् । यसैगरी, संयुक्त गठबन्धनले केन्द्रीय परिषद् सदस्यमा खुलातर्फ बाबुराम सुवेदी, भैरव आङ्ला हेमराज दाहाल र शशी कोइराला गरी चार जनालाई उम्मेदवार बनाएको छ ।

यसैगरी, केन्द्रीय परिषद् सदस्य महिलातर्फ गंगा पौडेल बरालको एकल उम्मेदवारी परेकोमा उनी निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी, केन्द्रीय परिषद् सदस्य समावेसीतर्फ गठबन्धनले गमबहादुर लम्जेललाई उम्मेदवार बनाई प्रतिस्पर्धामा उतारेको छ । यसैगरी, संयुक्त गठबन्धनका तर्फबाट प्रदेश परिषद् सदस्यमा खुलातर्फ नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रने भएका छन् । प्रदेश परिषद् सदस्यका प्रतिस्पर्धीहरुमा अर्जुन सुवेदी, गवनसिंह चौधरी, गोविन्दबहादुर बस्नेत,चन्दन गुप्ता, पीएमणि भट्टराई, बाबुराम कार्की, योगेशबाबु काफ्ले, सुनिल चौधरी र सुरेशचन्द्र दहाल रहेका छन् । यसैगरी, प्रदेश परिषद् सदस्य महिलातर्फ संयुक्त गठबन्धनकै कानुन कार्कीको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी, प्रदेश परिषद् सदस्य समावेसीतर्फ संयुक्त गठबन्धनले चार जनालाई उम्मेदवार बनाएको छ । प्रदेश परिषद् सदस्यका प्रत्यासीहरुमा आशीष यादव, विकास चाम्लिङ राई, विशाल राई र धीरन्द्रकुमार राई रहेका छन् । महासंघको निर्वाचनका लागि नेपाली कांग्रसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन नेपाल र नेकपा एमाले संस्थापननिकट प्रेस चौतारी नेपालबीच केन्द्रदेखि जिल्ला तहसम्मै साझा प्यानल निर्माण गरी चुनाव लड्ने केन्द्रीय रणनीति अनुरुप सुनसरीमा पनि संयुक्त गठबन्धन निर्माण भएको हो ।