इटहरीः केही मिनेटअघि पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, इलामलगायतका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घरबाहिर निस्कन थालेका छन् । भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्य भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भूकम्प ५.६ रेक्टर स्केलको म्याग्निच्युडमा गएको थियो । क्षतिको विवरण आउन बाँकी रहेको छ । राति ९ बजेर ६ मिनेटको समयमा धक्का महसुस गरिएको हो ।