इटहरीः नेपाल पत्रकार महासंघको चैत २५ गते हुन लागेको निर्वाचनका लागि सुनसरीमा उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको नामावली अनुसार महासंघको सुनसरी शाखाको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका प्रत्यासीहरुमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट जनकऋषि राई, प्रेस युनियनकै तर्फबाट सचिन पोख्रेल, प्रेस चौतारी केपी ओली पक्षका सन्तोष काफ्ले र प्रेस युनियनकै तर्फबाट सुविद गुरागाई रहेका छन् । उम्मेदवारहरुमध्ये एक जना अध्यक्ष पदमा निर्वाचित हुनेछन् । यसैगरी,उपाध्यक्ष पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको प्यानलबाट गणेश निरौला र प्रेस चौतारी केपी ओली पक्षबाट सुमन पुरी गरी दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, महिला उपाध्यक्ष पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट उषाकिरण भट्टराई, स्वतन्त्र उम्मेदवार मनिता चाम्लिङ, प्रेस युनियनकै तर्फबाट रञ्जना पौडेल र प्रेस चौतारी केपी ओली पक्षकी सुमित्रा राई गरी चार जनाको उम्मेदवारी परेको छ । यसैगरी, सचिव पदमा प्रेस चौतारी केपी ओली पक्षका दिनेश गजमेर, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनको संयुक्त प्यानलका तर्फबाट ध्रुव ढकाल र स्वतन्त्र उम्मेदवार भरतराज शर्मा (गोपाल कामत) गरी तीन जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, सहसचिव पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट तिर्थबहादुर कार्की र प्रेस चौतारी केपी ओली पक्षबाट विकल रेग्मी गरी दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी, सहसचिव समावेसीतर्फ प्रेस चौतारी केपी ओली पक्षका प्रदीपकुमार चौधरी र प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट भोला श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी, कोषाध्यक्षमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट अजितकुमार झा, प्रेस चौतारी केपी ओली पक्षका कृष्णप्रसाद बहाव भट्टराई र प्रेस युनियनकै तर्फबाट निशानप्रकृति थारुको उम्मेदवारी परेको छ । महिला सदस्यमा देविका चाम्लिङको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी, एकल उम्मेदवारी परेकै कारण दलित सदस्य सुविन विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, मधेसी सदस्यमा वीरेन्द्रकुमार साह र लुकमान अन्सारीले उम्मेदवारी दिएका छन् । यसैगरी, जनजाति सदस्य पदमा पारस राईको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् । समावेसी सदस्य मुस्लिम, अल्पसंख्यक तथा अपाङ्गतर्फ मोहम्मद मिकाइल निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यतर्फ आठ पदका लागि अर्जुन पौडेल, जमुना श्रेष्ठ, जीवन बिष्ट, दीपेन्द्रकुमार यादव, नवीन चर्मकार, निश्चल शर्मा, वसन्त बान्तवा राई, विनोद आचार्र्य, विजयकुमार राई, विवेक रेग्मी, मोहम्मद मुस्ताक आलम, रमेश पौडेल, रामबहादुर कट्वाल, संगम बिष्ट, शुक्रान्त राई, सुस्मिता राई र त्रिलोचन पौडेल गरी १७ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, खुला केन्द्रीय परिषद् सदस्यतर्फ अर्जुन शर्मा, गोपाल दहाल, जयकृष्ण यादव, बाबुराम सुवेदी, भैरव आङ्ला, हेमराज दहाल र शशी कोइराला गरी सात जनाको उम्मेदवारी परेको छ । यसैगरी, महिला केन्द्रीय परिषद् सदस्यमा गंगा पौडेल बरालको एकल उम्मेदवारी परी उनी निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी, केन्द्रीय परिषद् सदस्य समावेसीतर्फ गमबहादुर लम्जेल, तारा लामगादे, नरबहादुर लिम्बू (प्रदीप म्यायाङ्बो) र सुकदेव चौधरी गरी चार जना प्रतिस्पर्धामा उत्रने भएका छन् । यसैगरी, प्रदेश परिषद् सदस्य खुलातर्फ अर्जुन सुवेदी, गणेशकुमार तिम्सिना, गवनसिंह चौधरी, गोविन्दबहादुर बस्नेत, चन्दन गुप्ता, जीवराज बराल, नवराज बिष्ट, लोकराज निरौला, पुष्कर खतिवडा, बाबुराम कार्की, योगेशबाबु काफ्ले, राजन निरौला, राजेश बराल, पीएमणि भट्टराई, हिमाल दहाल, सञ्जीव वाग्ले, सुनिल चौधरी र सुरेशचन्द्र दहाल गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, प्रदेश परिषद् सदस्य महिलातर्फ कानुन कार्कीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी, प्रदेश परिषद् सदस्य समावेसीतर्फ अनवर हुसेन अन्सारी, आशीष यादव, कुलदीप चौधरी विकास चाम्लिङ विशाल राई, धीरेन्द्रकुमार चौधरी र सोहन श्रेष्ठको उम्मेदवारी परेकोमा आ आफ्नो कोटामा प्रत्येक उम्मेदवारको एकल उम्मेदवारी परेपछि सातै जना निर्विरोध निर्वाचित भएका छन् ।