इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले लामो समयदेखि रोकिएको कर्मचारीको वृत्तिविकासलाई दृष्टिगत गरी ऐन निर्माण गरेर कर्मचारीको बढुवा गरेको छ ।

कर्मचारीको बढुवासम्बन्धी कानूनको अभावमा लामो समयदेखि बढुवाबाट वञ्चित भएका कर्मचारीलाई कर्मचारी तह तथा स्तरवृद्धिसम्बन्धी ऐन २०७७ निर्माण गरी बढुवा गरिएको उपमहानगरपालिकाका प्रशासन अधिकृत डम्बर कार्कीले बताए । उनका अनुसार स्थानीय सरकारले कर्मचारीको बढुवाका लागि पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन र सेवाअवधिको वरिष्ठतालाई आधार बनाएको थियो । स्थानीय सरकारबाट बढुवा पाउने कर्मचारीहरुमा सातौँ तहकी सामाजिक विकास अधिकृत माया राई, छैठौ तहका अधिकृतहरु क्रमशः अरुण भट्ट राजलवट, जीवन घिमिरे, कैलाश तिम्सिना र लखनलाल चौधरी, सहायकस्तर पाँचौँ तहका कर्मचारीहरु क्रमशः सञ्जीवकुमार खड्का, बालकुमार पोख्रेल, प्रेमा डाँगी, घनश्याम गिरी, प्रोक्षण पोख्रेल, लिलामान तामाङ, मनोज दाहाल, चन्द्रादेवी पौडेल चौलागाई, शर्मिला दाहाल, सुलोचना पोख्रेल अधिकारी, अर्जुन सुवेदी, इन्दिरा कोइराला, महेशकुमार सुवेदी, डम्बरबहादुर कार्की, खडगबहादुर तामाङ र कुमारी देवी तिम्सिना रहेका छन् ।

यसैगरी, सहायकस्तर चौथो तहका कर्मचारी मनोजकुमार चौधरीको पनि बढुवा भएको छ । यस्तै, सहायकस्तर चौथो तहकै दीपककुमार खड्का, रिता सुब्बा, सञ्जिताकुमारी चौधरी, पुण्यप्रसाद कोइराला, गोपाल चौधरी, सुरेश भरारी थारु र राजकुमार विश्वकर्मा पनि बढुवा सूचिमा समावेश छन् । यसका साथै, सहायकस्तर तेस्रो तहका कर्मचारी मुक्तिमाझी थारुको पनि बढुवा भएको छ । बढुवा पाउने सहायकस्तर तेस्रो तहकै अन्य कर्मचारीहरुमा बाबुराम न्यौपाने, शर्मिला महल्दार, पदमबहादुर अधिकारी, दलबहादुर राई, श्रवणकुमार चौधरी, सिंहबहादुर तामाङ, र राजकुमार तामाङ रहेका छन् । सहायकस्तर चौथो तहका जयबहादुर राईलाई पनि बढुवा गरिएको छ ।

यसका अतिरिक्त श्रेणीविहीन कर्मचारी क्रमशः देवराज चौधरी, प्रेमकुमार चौधरी, रामनारायण चौधरी, पुषलाल चौधरी, सरिता गिरी, विजय कार्की, सकुन्तला अधिकारी पोख्रेल, मञ्जु पोख्रेल, केशरबहादुर कार्की, दुर्गादेवी भट्टराई, प्रकाश लिम्बू, भक्तबहादुर तामाङ, मनोजकुमार राई, रामबहादुर भुजेल र निलु राईले पनि बढुवा पाएका छन् । बढुवा भएका सबै कर्मचारीलाई चैत १५ गतेदेखि लागु हुनेगरी एक तह बढुवा गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगर सरकारको निर्णयबाट उपमहानगरपालिकामा कार्यरत ५३ जना कर्मचारीहरुले एकै पटक एक तह बढुवा पाएका हुन् ।