इटहरीः प्रदेश १ कोे प्रदेशसभा बैठक आगामी चैत २३ गते बस्ने भएको छ ।
चैत १ गते सूचना टाँस गरी स्थगित भएको प्रदेशसभा बैठक चैत २३ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) अनुसार बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचना अनुसार चैत २३ गते बस्न लागेको बैठक हिउँदे अधिवेशनको चौथो बैठक हो ।