इटहरीः अमेरिकाको क्यालफोर्नियास्थित सी टु डिस्ट्रिक गभर्नर राजिन थापाले नेपालस्थित प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुुर तुुम्बाहाङ (सुब्बा) समक्ष शिष्टाचार भेट सम्पन्न गरेका छन् । आज दिउँसो विराटनगरस्थित प्रदेश प्रमुखको कार्यकक्षमा थापाले भेट गरेका हुन् ।
उनले भेटमा प्रदेश प्रमुखलाई अमेरिकास्थित क्यालिफोर्निया भ्रमणको निम्तोसमेत दिएका छन् । सो निमन्त्रणालाई प्रमुख तुुम्बाहाङले सहर्ष स्वीकार गरी उचित समय मिलाउने बताएका छन् । थापाले प्रदेश पोर्टललाई भने ‘त्यहाँ रहेका नेपालीहरूको निकटपनलाई बुुझ्न पनि आवश्यक छ, देश बनाउन आप्रवासी नेपालीको पनि सहयोग लिनुु जरुरी भएकाले प्रमुखलाई क्यालिफोर्निया भ्रमणको निम्तो दिएको हुँ ।’
उनले प्रदेश प्रमुखसँग यहाँ गर्न सकिने प्रशस्त सम्भावनाका क्षेत्रका विषयमा पनि छलफल चलाएका छन् । आफूसँग प्रशस्त इन्भेस्टरहरू रहेको भन्दै आफ्नो मुलुकमा उचित वातावरण बने लगानी भित्र्याउन भूमिका खेल्न सक्ने जानकारी गराए । जवाफमा प्रदेश प्रमुख तुुम्बाहाङले यसका लागि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।