इटहरीः प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवार बनाउन सुनसरीका सबै संगठनहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

पेसागत हकहित र स्थानीय सञ्चारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरी अगाडि बढ्ने निर्णय गरेको हो । आज धरानमा बसेको संगठनको ३१ औँ बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयनसमेत गरेको छ । संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह संयोजकमा योगेशवाबु काफ्ले र सहसचिवमा पप्ु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिए । कमिटीलाई पूर्णता दिँदै ३२ सदस्यीय कमिटी बनेको सचिव राईले जानकारी दिए । संगठनमा निष्कृय रहेकाहरुलाई बिदाइ गरेर नयाँ थपिएको हो । बैठकले संगठनका अग्रजहरु रहेको पत्रकार महासंघ निर्वाचन तयारी तथा अन्य संगठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिए ।

press chautari logo.

समितिले पत्रकार महासंघमा संगठनको उपस्थिति र अन्य संगठनहरुसँग सहकार्यका लागि भूमिका निर्वाह गदैं श्रमजीवी पत्रकाहरुको हकहितका मुद्दा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक बास्तोलाले जानकारी दिए । बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरालायलगायतको उपस्थिति रहेको थियो । यसैबीच संगठनले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रुपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ ।

प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चारसम्बद्ध संघ संगठनसँग निरन्तर सम्वाद र छलफलमा जुटिरहेको जनाएको छ । संगठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरी जिल्लाभरका सञ्चारकर्मीहरुलाई भ्रममा नपर्न अपिलसमेत गरेका छन् ।