इटहरीः नवयुग भेन्चर प्रालिले एक कार्यक्रमकाबीच आफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
प्रालिले इटहरीस्थित रोयल रिसोर्टमा आफ्नो पहिलो वार्षिकोत्सव सप्पन्न गरेको हो । उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यमा मंगलबार साँझ इटहरीमा भेन्चरले आफ्नो वार्षिकोत्सव मनाएको थियो । पौडेलले प्रदेश १ मा रहेर नवयुगले एक वर्षमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । उनले कोभिडका कारण धेरै व्यवसाय धरासयी भएको भएपनि पछिल्लो समय व्यापार सुधारोन्मुख अवस्थामा आएको बताए । यद्यपि, व्यवसायीका लागि राज्यका तर्फबाट हुने पहल नरहेको उनको गुनासो थियो ।
कार्यक्रममा रिलायन्स स्पिनिङ मिल्सका प्रशासन प्रमुख महेश पोख्रेल, क्यूपेक हाइजिनका प्रबन्धक समीर कार्की, जस्मिन हाइजिनका मार्केटिङ म्यानेजर सुरज पोख्रेल, सिद्धार्थ बैंक इटहरीका प्रमुख निलेश आचार्य लगायतले बोलेका थिए । प्रालिका अध्यक्ष प्रदीप अधिकारीले एक वर्षको अवधिमा आफूहरुले प्रदेश १ मा लक्ष्य अनुसार काम गर्न सकेको दाबी गरेका छन् । उनले आगामी दिनमा थप सशक्त र नयाँ कामको थालनी गर्ने बताए । कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक पवन अधिकारीले एक वर्षको अवधिमा गरेका कामको गतिविधिबारे चर्चा गरेका थिए ।