तरहराः तरहरा जेसीजले आयोजना गरेको जेसीज सप्ताहअन्तर्गत दोस्रो दिनको खुला दौड प्रतियोगितामा याङ्देव राई पहिलो भएका छन् । ५ किलोमिटर दौड प्रतियोगितामा पहिलो भई उनले प्रमाणपत्रका साथमा नगद ५ हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा सोहाङ राई दोस्रो र निश्चल राई तेस्रो भएका छन् भने दिनेश खत्री चौथो भई सान्त्वना पुरस्कार हात पारेका छन् । उनीहरूले प्रमाणपत्रको साथमा क्रमशः नगद ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

tarahara jacy week 075 (5)

प्रतियोगिता निरकाजी गिरीको अध्यक्षता तथा होमनाथ खड्काको संयोजनमा सम्पन्न भएको साताव्यापी कार्यक्रमकी मूल संयोजक रीता आचार्य भुसालले बताइन् । उनका अनुसार आइतबारको प्रतियोगितामा स्वागत मन्तव्य पूर्व अध्यक्ष जीवन पराजुलीले गरेका थिए ।

उद्घाटनको दिन स्लो बाइक रेस प्रतियोगिता
शनिबार शुरु भएको तरहरा जेसीजको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताका प्रमुख अतिथि प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी रविन पौडेल रहेका थिए ।

युवाहरूलाई सही बाटोमा हिँडाउनका लागि जेसीजले महत्वपूर्ण भूमिका खेलेको उनले सो अवसरमा बताए । कार्यक्रममा वर्ष २०१८ की कार्यकारी उपाध्यक्ष रीता आचार्य भुसालले स्वागत मंतव्य राखेकी थिइन् ।

slow bike race

महासचिव विकास बनले सञ्चालन गरेको कार्यक्रम मेनुका गिरीको संयोजकत्व तथा पूर्व अध्यक्ष निरकाजी गिरीको अध्यक्षताामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ उमेश राई, यज्ञ सुनुवार र निर्मल श्रेष्ठ क्रमशः पहिलो, दोस्रो तथा तेस्रो भएका थिए । महिलातर्फ मीना गिरी, चन्द्रकला घिमिरे कटवाल र बिना भुजेल पराजुली क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । उनीहरूले पुरस्कारस्वरूप हेल्मेट, प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

कार्यक्रमअन्तर्गत भोलि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

tarahara jacy week 075 (3) tarahara jacy week 075 (4)