इटहरीः नेपाल पत्रकार महासंघ सुनसरीले लामो समयदेखि सुनसरीमा पत्रकारिता क्षेत्रमा योगदान गरेबापत चार जना सञ्चारकर्मीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा महासंघको सुनसरी कार्यालयकी कार्यालय सचिवदेखि दशकौँदेखि पत्रकारिता गर्दै आएका पत्रकारसमेत रहेका छन् । महासंघले पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थापना गरेको गिरिजाप्रसाद कोइराला पुरस्कारबाट इटहरी एफ.एम का सञ्चालक चेतन धमला र कोशी अनलाइनका सम्पादक तथा २०४५ सालदेखि नेपाली पत्रकारीता क्षेत्रमा योगदान पुर्याएका सुविद गुरागार्इँलाई सम्मान गरेको छ ।

IMG_20210315_123653_3 दुवै जनालाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरेको हो । यस्तै इटहरीका पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेले स्थापना गरेको चन्द्र–लक्ष्मी स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीको धरानमा दशकौँदेखि पत्रकारिता क्षेत्रमा योगदान गरिरहेका पत्रकार गोपाल देवानलाई सम्मानित गरेको छ । उनलाई नगद एघार हजार एक सय एघार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो । महासंघले आफ्नै कार्यालय सचिव रश्मी प्रधानलाई पनि सम्मान गरेको छ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा लागायतको उपस्थिति रहेको थियो ।

IMG_20210315_123348_9 IMG_20210315_123756_5 IMG_20210315_123124_1