इटहरीः प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित भएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि दिउँसो १२ः३० बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको व्यहोरा उल्लेख छ ।

अविश्वास प्रस्तावउपर छलफल गर्नका लागि बोलाइएको प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनअन्तर्गतको चौथो बैठक पनि स्थगित भएपछि अविश्वास प्रस्ताव अन्यौलमा परेको छ । सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकृत संरचना भंग भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि प्रदेश १ को सरकार भने ढल्ने जोखिमबाट पूर्ण रुपमा सुरक्षित भइसकेको छ ।

pradeshsabha suchana1 1