इटहरीः सुनसरीको इटहरीमा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर विभिन्न क्षेत्रका आफ्ना सदस्य तथा सेयर सदस्यका सन्तानलाई सहकारीले सम्मान गरेको छ ।

सहकारीले सेयर सदस्य तथा प्रदेश नम्बर १ का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारी, नेपाल टे«ड युनियन काङ्ग्रेसका राष्ट्रिय समितिका उप महासचिवमा मनोनीत हुन सेयर सदस्य ज्योति कोइराला लगायतलाई सम्मान गरेको हो ।

त्यसैगरी, ज्येष्ठ सेयर सदस्य विजया सुवेदी, बचतकर्ता रवि चौधरी, उत्कृष्ट ऋणी रीता सापकोटालाई पनि सहकारीले सम्मान गरेको थियो । एसईईमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तानतर्फ पुनम भण्डारी र मन्दीप कोइरालालाई समेत कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सम्मान गरेका थिए ।

२०५९ सालमा २७ जना शेयर सदस्यको ६७ हजार रुपैयाँ पूँजीबाट संस्था शुरु गरिएको सचिव शिवराम शर्माले जनकारी दिए । सहकारीको सञ्चालक समितिका अध्यक्ष चन्द्रजंग कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल ५ सय ५७ सेयर सदस्यको २ करोड ७१ लाख सेयर पूँजी रहेको बताए ।

city sakoos city sakos