छापामार शैलीमा पसलको सामान उठाउँदै राजश्व कार्यालय, अधिकृत भन्छन्, ‘मेरो नाम थाहा पाउन कार्यालय आउनुस्’

  • फाल्गुन २८, २०७७
  • ३५३७६ पटक पढिएको
  • शंकर खत्री
alt

इटहरीः इटहरीको कस्तुरी चौकदेखि बीपी चौकलाइनमा पसल सञ्चालन गर्नेहरु आज चकित परेका थिए ।

एउटा प्रहरीको भ्यानमा आएका केही नेपाल प्रहरी र सादा पोसाकमा आएका आफूलाई अन्तरिक राजश्व कार्यालय इटहरीको अधिकारी बताउने व्यक्तिहरुले यो ठाउँको पसलमा आएका कपडा बरामद गरे । परिचयपत्रबिना नै उनीहरुले गरेको यो काम यहाँका पसल सञ्चालकले हेरिरहे । कसैले किन यसो गरेका भनेर पनि सोधेनन् । उनीहरु आफूलाई आन्तरिक राजश्व कार्यालय इटहरीको कर्मचारी बताइरहेका थिए । यत्तिकैमा एक सञ्चारकर्मीले उनीहरुको भिडियो खिच्छन् । तर, सोही टोलीमा आएका एक प्रहरीले ती सञ्चारकर्मीलाई सो भिडियो ‘डिलिट’ गर्न लगाउँछन् । ‘सर यसरी भएको अनुगमनको भिडियो हामीले खिच्न पाउँदैनौँ र ?’ भन्दै ती सञ्चारकर्मीले प्रहरीसँग भन्छन् । जवाफमा प्रहरीले ‘पहिला भिडियो डिलिट गर्नुस्’ भन्छन् । यति मात्र होइन् ती प्रहरीले ‘हामीले यो सामान शंकाको भरमा उठाएका हौँ । पुष्टि भएको छैन’ भन्ने जवाफ दिन्छन् ।

सञ्चारकर्मीले सो भिडियो ‘डिलिट’ गरेपछि उनीहरु पुनः पसलको सामान बरामद गर्नतर्फ लाग्छन् । यत्तिकैमा अन्य केही सञ्चारकर्मी त्यहाँ आइपुग्छन् र पोसाक र परिचयपत्रबिना नै छापामार शैलीमा सामान उठाइरहेकाहरुलाई तपार्इँहरु को हो ? भनेर प्रश्न गर्छन् । त्यो टोलीमा रहेकामध्ये एकले ‘हामी भि.सि.टि.ए सम्बन्धी चेक हो । भि.सि.टि.ए कागज नदेखेर हामी अनुगमनमा छौँ’ भन्ने जवाफ दिन्छन् । सञ्चारकर्मीहरुले उनीहरुले जवाफ दिएपछि तपार्इँ को हो भनेर प्रश्न गर्दा उनीहरुले ‘अनुसन्धान अधिकृत हुँ । उतै (अन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी) आउनु न उतै भनौँला’ भनेर जवाफ दिन्छन् । प्रश्नको बेवास्ता गर्दै उनि उहीँ आउनु न, उतै भनौँला मात्र भनिरहेका थिए । त्यहाँ मानिसको भीड जम्मा हुँदै गएपछि उनले आफू राजश्व अनुसन्धान अधिकृत भएको बताउँछन् । यति भन्दै विराटनगरबाट एक ट्रान्पोर्टले ल्याएको सबै कपडा लिएर उनी त्यहाँबाट हिँड्छन् । उनले सो सामान कर छलि गरेर ल्याएको भन्दै आए पनि व्यवसायीले भने भ्याट तिरेर नै पसलमा सामान ल्याएको बताएका छन् ।

vat bill 6 vat bill5. vat bill4 vat bill3 vat bill2 vat bill1

 

प्रतिक्रिया दिनुहोस

बीपी प्रतिष्ठानमा असार २ गतेदेखि स्वास्थ्य बीमामार्फतको सेवा बन्द हुने

धरानः स्वास्थ्य बीमाबापत पाउनुपर्ने रकम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नपाएको जनाउँदै अ ...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ६ हजारभन्दा बढीलाई दश कित्ता

इटहरीः आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको स ...

धरानका मेयर हर्क साम्पाङको सपना पुरा हुने संकेत,खानेपानीको डिपिआर बन्ने १२ शहर मध्ये ५ मा भयो कार्यान्वयन (भिडियोसहित)

धरानः धरानसहित नेपालका १२ ठूला शहरको खानेपानी र ठोस फोहोरमैला व्यवस्थापनका लागि डीपीआर (विस्तृत परिय ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved