इटहरीः सुनसरीको इटहरीमा १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जना पुराना सौन्दर्यकर्मीहरु सम्मानित भएका छन् ।
सान्दर्य व्यवसायी संघ सुनसरी र इटहरी नगर कमिटिको आयोजनामा भएको एक कार्यक्रमका बीच सान्दर्य व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष कुमारी राई र अर्की सौन्दर्यकर्मी सविता वर्देवा सम्मानित भएका हुन् । उनीहरुले सौन्दर्य क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुर्याएकाले उच्च मूयाङ्कन गरी सम्मान गरिएको संघकी इटहरी अध्यक्ष सावित्रा नेपालले जानकारी दिइन् । कार्यक्रमकी अध्यक्षसमेत रहेकी नेपालले सौन्दर्य क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै महिलाहरुमा हिंसा हुने गरेको स्मरण गराउँदै यसको न्यूनीकरणका लागि लागिपर्नुपर्ने बताइन् ।
कार्यक्रमा सुनसरीको इटहरी, इनरुवा र धरानका सौन्दर्यकर्मीसँगै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल, वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल र कोषध्यक्ष गायत्रि भण्डारीको पनि उपस्थिति रहेको थियो । सौन्दर्यकर्मीले पनि इटहरीको व्यावसायिक क्षेत्रमा विशेष योगदान गरेको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले संघको तर्फबाट गर्न सक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताए ।